माघी पर्व : शीतल निवासमा पूर्व राष्ट्रपतिदेखि प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरु

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले माघी पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका छन् ।

आज बिहान राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व राष्ट्रपति, प्रधानमन्त्रीसहित पूर्व प्रधानमन्त्री र विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको छ ।

शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व राष्ट्रपतिहरु डा. रामवरण यादव र विद्यादेवी भण्डारी समेत उपस्थित रहेका छन् । त्यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, शेरबहादुर देउवा र झलनाथ खनालको उपस्थिती रहेको छ ।

त्यस्तै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको उपस्थिती रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सो अवसरमा बोल्दै राष्ट्रपति पौडेलले हाम्रा चाडपर्वले नेपालीहरुमा एकआपसमा मेलमिलापको अवस्था सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?