काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका अठारौँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्डमा उक्त साधारण सभा सम्पन्न भएको हो ।
उक्त साधारण सभाले विकास बैंकले आ.व २०८०/८१ को वार्षिक प्रतिवेदनसहित शेरधनीहरुलाई वितरण प्रस्ताव गरेको ५ प्रतिशत (कर सहित) को नगद लाभांश सर्वसम्मत पारित गरेको छ ।
उक्त साधारण सभाबाट आगामी कार्यकालका लागि नयाँ सञ्चालक समिति गठन गरेको छ । त्यस्तै संस्थापक शेयरधनी प्रतिनिधिमा दिलिप प्रताप खाँड, श्याम प्रसाद बस्याल, र दिपेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनी प्रतिनिधि: विमल पाण्डे, शोभाकान्त ढकाल, र आयुष्मा कोईराला निर्विरोध निर्वाचित भएका छन्।
बैंकले बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रहेको छ । साधारणसभाले पारित गरेको नगद लाभांश २०८१ पौष १७ गते कायम रहेका विकास बैंकका शेयरधनीहरुले प्राप्त गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया