काठमाडौं । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । सभा सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा उक्त साधारण सभा सम्पन्न भएको हो ।
उक्त सभाले आ.व. २०८०/८१ को लेखापरीक्षकको प्रतिवदेन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पारित गरेको छ ।
फेनपेको शेयरधनीहरुलाई २०८१ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने पारित भएको छ । साथै कम्पनीले आ.व. २०८१/८२ को लेखापरीक्षकको लागि एन.बी.एस.एण्ड एसोसीएटलाई नै नियुक्ति गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया