काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि कतार सरकारसँग पहल गरिदिन आग्रह गरेकी छन् ।
हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएपछि मन्त्री राणाले आज बिहान कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग विपिन जोशीको रिहाइको लागि फोनवार्ता गरेकी हुन् ।
मन्त्री डा. खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्ति वार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् ।
हमाससँग सम्पर्कमा रहेका र युद्ध विरामका लागि मध्यस्थता गरिरहेका देशहरुलाई विपिनको रिहाइका लागि सरकारले थप पहल गरिरहेको परराष्ट्रमन्त्री राणाले बताएकी छन् ।
सामाजिक सञ्जालमा लेख्दै मन्त्री राणाले भनेकी छन्, ‘हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल जारी राखिरहेकै बेला आज बिहान कतारका विदेश राज्यमन्त्री डा।मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरेकी छु । मन्त्री डा। खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुनुहुन्छ । हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएपछि हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरुलाई विपिनको रिहाइका लागि थप पहल गरिदिन अपिल गर्ने काम गरिरहेकी छु । यसै अन्तर्गत आज कतारका मन्त्री डा। खुलाइफीसँगको फोनवार्तामा पनि विपिनको रिहाइका लागि विशेष पहल गरिदिन थप आग्रह गरेँ । उहाँले हमास समूहलाई युद्धविराममा ल्याई बन्दीहरुलाई मुक्त गराउन कतार सरकारले पहल गरिरहेको जानकारी गराउँदै यस विषयमा छिट्टै नै सकारात्मक खबर आउने बताउनुभयो । यसबाट थप आशावादी भएका छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया