काठमाडौं । काठमाडौंको ठमेलबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकलाई प्रहरीले उद्धार गरेको छ ।
उनलाई गाडीमा हालेर लाँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले चार जना भारतीय नागरिकलाई मकवानपुरको भीमफेदीबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
मंगलबार अपहरणको सूचना पाएपछि अपराध अनुसन्धान कार्यालयको टोली पीडितको उद्धारमा खटिएको थियो । भारतीय नम्बरको गाडी नियन्त्रणमा लिए पनि सुरुमा चिनियाँ नागरिक भने भिमफेदीको जंगल तर्फ भागेका थिए, त्यसक्रममा उनलाई फर्पिङबाट नियन्त्रणमा लिइएको थियो ।
प्रहरीले हालसम्म पक्राउ परेका र उद्धार गरिएका व्यक्तिको नाम खुलाएको छैन । प्रारम्भिक जाँचका क्रममा लेनदेनको विवादमा अपहरण गरेर भारततर्फ लैजान खोजिएको जस्तो देखिएको बताइएको छ । काठमाडौं ल्याएर बुधबारदेखि थप अनुसन्धान गरिने प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया