काठमाडौं । आज चार संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालाहरूसँग छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे नै बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सुदूरपश्चिम प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न र संघीय संसद्ले बनाएका ऐन/कानुन कार्यान्वयनका चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रम गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल हुनेछ ।
संघीय संसद्ले बनाएको ऐन/कानुन कार्यान्वयनका चुनौतीका विषयमा कैलाली जिल्लाको धनगढीमा गरिएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८१, संघीय संसद्ले बनाएको ऐन/कानुन कार्यान्वयनका चुनौतीका विषयमा धनुषा जिल्लाको जनकपुरधाममा गरिएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८१, संघीय संसद्ले बनाएको ऐन/कानुन कार्यान्वयनका चुनौतीका विषयमा दाङ जिल्लाको देउखुरीमा गरिएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८१ का सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै साढे ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्यांकन प्रतिवेदन, २०८० को सार्वजनिकीकरण र छलफल हुनेछ ।
दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया