एनएमसीमा नयाँ विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण

लोकपथ
42
Shares

काठमाडौं । नेपाल मेडिकल कलेजले नयाँ शैक्षिक सत्रमा भर्ना भएका चिकित्सा शिक्षाका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै शैक्षिक अभिमुखीकरण कार्यक्रम गरेको छ । कलेजले आज एमबीबीएस, विडिएस, विएस्सी नर्सिङ, विएस्सी ल्याब मेड तथा विएस्सी एमआइटीमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी समेतरहेका भएको कलेजका अध्यक्ष प्रा.डा.जैनुद्धिन अन्सारीले विद्यार्थीहरूले प्राप्त गर्ने सफलताले नै कलेजले शैक्षिक मानक बनाउने भएकोले मेहनत गरेर अध्ययन गर्न सुझाव दिए । सफलता प्राप्त गर्न लगनशीलता र मेहनत जरुरी भएको बताउँदै प्रा.डा. अन्सारीले मेडिकल शिक्षामा किताबी ज्ञान बुझेर मात्र नहुने व्यवहारिक र प्रयोगात्मक विधि बुझ्न जरुरी रहेको जिकिर गरे। विद्यार्थीको सिकाईका लागि कलेजले हरदम सहयोग गर्ने बताउँदै आफ्नो धरातल राम्रो बनाउने गरी मर्यादामा रहेर मेहनत गर्न अनुरोध गरे।

कार्यक्रममा बोल्दै कलेजकी प्रबन्ध निर्देशक डा.साविहा यासमिनले कलेज व्यवस्थापनका पक्षबाट विद्यार्थीलाई दिनुपर्ने सबै प्रकारका सुविधाहरू उपलब्ध गराइने बताइन् । 

कलेजमा मेडिकल शिक्षा अध्ययनका लागि राम्रो वातावरण रहेको, फ्याकल्टीहरू अनुभवी र विद्यार्थीमैत्री रहेकोले विद्यार्थीहरूले पनि मेहनत गर्नुपर्ने जिकिर गरे । एमबीबीएसमा भर्ना हुँदा शैक्षिक अभिमुखीकरण कार्यक्रममा बस्दाको क्षणको सम्झना गर्दै उनले सुरुका दिनहरूमा के होला ? कसरी जाने ? अन्यौलता भए पनि दोस्रो वर्षदेखि सहज बन्दै जाने बताइन्। मेडिकल शिक्षामा अनुशासन, मेहनत र लगनशीलता सफलताको प्रमुख आधार रहेको उनको भनाइ छ ।

कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहठ्ठा, अस्पताल निर्देशक प्रा.डा.निलमणी उपाध्याय, कलेजका बोर्ड अफ डाइरेक्टर शाहनवाज अन्सारी लगायतले विद्यार्थीहरूलाई स्वागत गर्दै कलेजको शैक्षिक, प्रशासनिक तथा विषयगत जानकारीहरू प्रदान गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?