सरकारविरुद्ध रणनीति बनाउन विपक्षी दलहरुको बैठक

लोकपथ
119
Shares

काठमाडौं । संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको बैठक बसेको छ । सिंहदरबारस्थित प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक बसेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षामा बसेको बैठकमा विपक्षी दलका शीर्ष नेताहरुको उपस्थिती रहेको छ । जहाँ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी अर्याल), आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, नेपाल समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको छ ।

बैठकमा सरकारले पछिल्ला दिनहरुमा गरिरहेको कामकारबाहीको समीक्षा साथै सरकारबारे साझा धारणा बनाउनेबारे छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?