काठमाडौं । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले काठमाडौं महानगरपालिकाले प्रदेश सरकारलाई राजश्वबाट उठेको ४० प्रतिशत रकम नबुझाएको गुनासो गरेका छन् ।
बुधबार काठमाडौंमा बागमती प्रदेश सरकारको आयोजनामा भएको स्थानीय तहका महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् ।
उनले सबै पालिकाहरुले आफूले उठाएको राजश्वमा ६० प्रतिशत आफूले प्रयोग गरेर ४० प्रतिशत राजश्व प्रदेश सरकारलाई बुझाउनुपर्ने भए पनि काठमाडौं महानगरपालिकाले अहिलेसम्म राजश्व नबुझाएको बताए ।
पालिकाहरूसमेत बजेट चाहिएको बेलामा आउने तर अन्य समयमा कानुन निर्माण गर्न र कानुनलाई सहजीकरण गर्नुपर्यो भनेर प्रदेश सरकारसँग नजाने गरेको बताए । स्थानीय सरकारले प्रदेश सरकारसँग बजेट बाहेकका काममा समन्वय नगरेको उनको भनाइ छ । उनले बागमती प्रदेश सरकार स्थानीय तहहरूसँग बसेर स्थानीय तहलाई सहजीकरण गर्न तयार रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया