रविलाई ६० लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतको आदेश

लोकपथ
252
Shares

काठमाडौं । जिल्ला अदालत काठमाडौंले कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दाका प्रतिवादी रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

आज जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटी माग गरेको हो ।

थुनछेक बहसपछि आदेश जारी गर्दै न्यायाधीश अधिकारीले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएका हुन् । त्यसो त यसअघि गत बिहीबार जिल्ला अदालत कास्कीले पनि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यससँगै हिरासतमुक्त भएका लामिछाने आइतबार आफैँ जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका थिए । तर न्यायाधीश अधिकारीले लामिछाने बाहिर रहँदा प्रमाण नष्ट गर्न सक्ने भन्दै प्रहरीको हिरासतमा पठाउन आदेश दिएका थिए ।

लामिछानेमाथि अझै चितवन, पर्सा र रुपन्देहीमा समेत सहकारी ठगीको मुद्दा रहेको छ । गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रहेका लामिछानेले विभिन्न सहकारीको रकम गोरखा मिडियामा लगी अपचलन गरेको आरोप रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?