अदालतको आदेश– ‘रविको एकल हस्ताक्षरबाट पनि रकम भुक्तानी भएको देखियो’ (पूर्णपाठ)

लोकपथ
1.4k
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट पनि स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश आएो छ ।

यसअघि पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा लामिछाने ६५ लाख धरौटीमा रिहा भएका थिए ।

जिल्ला अदालत काठमाडौं पनि जिल्ला अदालत कास्कीकै नजिरमा टेकेर आदेश दिएको छ । स्वर्णलक्ष्मी सहकारीबाट निकालिएको रकम गोरखा मिडिया नेटवर्कमार्फत अपचलन गरेको मुद्दामा लामिछाने धरौटीमा रिहा भएका हुन् । लामिछानेले सहकारीको पैसा गोरखा मिडियामा आएको विषय आफूलाई थाहा नभएको बताउँदै आइरहेका छन् ।

साथै आफूले कम्पनीका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी राई) को आदेश अनुसार मात्रै रकम प्रवाह गर्ने गरेको समेत बताउँदै आइरहेका छन् । तर अदालतको आदेशमा लामिछानेको एकल हस्ताक्षरबाट समेत विभिन्न व्यक्तिका नाममा रकम भुक्तानी भएको देखिएको उल्लेख गरिएको छ ।

‘गोर्खा मिडिया नेटवर्क प्रालिको खाताबाट प्रतिवादी रवि लामिछानेको एकल हस्ताक्षरबाट समेत विभिन्न व्यक्तिका नाममा रकम भुक्तानी भएको देखिँदा अहिले नै प्रतिवादी रवि लामिछाने प्रस्तुत वारदातमा कसूरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएकोले प्रस्तुत मुद्दाको प्रकृति समेतलाई मध्यनजर राखी मुद्दाको कारबाहीको सिलसिलामा प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी मुद्दा पुर्पक्षको प्रयोजनका लागि हाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतका आधारमा यी प्रतिवादी रवि लामिछानेबाट रु. ६०,००,००० (साठ्ठी लाख रुपैयाँ) नगद वा सो बराबरको जेथा जमानत दिए लिइ तारीखमा राख्नु,’ आदेशमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?