काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सरकारले राष्ट्रपति समक्ष सिफारिस भएको भूमिसम्बन्धी अध्यादेशबारे सरकारमाथि कटाक्ष गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले सरकारले टुँडिखेल र खुल्लामञ्ज आफ्ना कार्यकर्तालाई पास गर्ने अध्यादेश ल्याएको भन्दै सरकारमाथि कटाक्ष गरेका हुन् ।
केही दिन अघि सरकारले भूमिसम्बन्धी अध्यादेशसहित अन्य ५ वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । तर राष्ट्रपति रामचन्द्र पौडेलले भने त्यसमा सार्वजनिक जग्गा समेत भोगचलनका लागि सहज हुने लगायतका विषयवस्तु समावेश भएको भन्दै फिर्ता गरिदिएका थिए ।
सो बारे व्यंग्य गर्दै मेयर बालेनले भनेका छन्, ‘अब खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई ।’
यो पनि
राष्ट्रपति पौडेलद्वारा ४ वटा अध्यादेश जारी, किन रोके भूमिसम्बन्धी अध्यादेश ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया