जाजरकोट भूकम्पमा चुक्यो सरकार, एक वर्ष बित्दा पनि भएन क्षतिको आँकलन

लोकपथ
0
Shares

काठमाडौं । गत वर्ष कार्तिकमा जाजरकोट केन्द्रबिन्दु भएर विनाशकारी भूकम्प गएको एक वर्ष बितिसक्यो । गत वर्षको कार्तिकमा गएको भूकम्पमा परी सयौँ नागरिकको ज्यान गयो भने हजारौँ घरबारविहीन बन्न पुगेका छन् ।

तर सरकारले भने अझै क्षतिको अनुमान गरिसकेको छैन ।

आज २७औँ भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले यसै महिनाभित्र भूकम्पको क्षतिबारे आँकलन सक्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले जाजरकोट लगायतका भूकम्पबाट प्रभावित नागरिकका लागि अस्थायी आवास बनाउन ५० हजार सहयोग गर्ने अस्थायी निर्माण सम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृत भइ लागू भइसककेको मन्त्री लेखकले जानकारी दिए । साथै यसै महिना अर्थात् माघ महिनाभित्र क्षतिको आँकलन प्रारम्भ गर्ने बताए ।
‘स्थायी आवास निर्माण सम्वन्धी कार्यविधि कार्यकार्य समितिको बैठकबाट पारित भइसकेको छ,’ उनले भने, ‘जाजरकोट भूकम्पबाट भएको क्षतिको आकलन यसै महिनाबाट प्रारम्भ गरिनेछ ।’

साथै गृहमन्त्री लेखकले विपद्को समयमा अत्यावश्यक सामाग्रीहरुको भण्डारणलाई प्रभावकारी बनाउन आपतकालीन गोदामघर सञ्चालन सम्वन्धी कार्यविधि निर्माण गरी सबै प्रदेशमा आपतकालीन गोदामघर हस्तान्तरण गर्ने तयारी भइरहेको बताए ।
‘आगामी दिनहरुमा भुकम्प प्रतिरोधी संरचना निर्माणको अभियालाई थप प्रभावकारी बनाएर लगिनेछ,’ गृहमन्त्री लेखकले भने, ‘सरकारी निकाय, नीजि क्षेत्र र गैर सरकारी संस्था लगायत समुदाय स्तरमा पुर्वतयारी, प्रतिकार्य र पुर्ननिर्माण क्षमता अभिवृद्धि गर्ने कार्य गरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?