राष्ट्रपति पौडेलद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

लोकपथ
434
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् ।

बुधबार साँझ राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा अध्यादेश जारी गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी लगायत विभिन्न ५ वटा अध्यादेश जारीका लागि सिफारिस गरेको थियो । तर त्यसमा भएका कतिपय व्यवस्थामा चित्त नबुझाउँदै राष्ट्रपति पौडेलले संशोधनका लागि फिर्ता गरेका थिए । प्रधानमन्त्री ओलीले फोन सम्पर्क गरी कन्भिन्स गरेपछि पौडेलले उक्त अध्यादेश जारी गरेका हुन् ।

सरकारले ल्याएको अध्यादेशमा विभिन्न त्रुटी रहेको र कार्यकर्तामूखी रहेको भन्दै आलोचना समेत भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?