काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अदालतले तोकेको धरौटी रकम बुझाएर हिरासतमुक्त भएका छन् ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा आज जिल्ला अदालत काठमाडौंले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनले धरौटी रकम बुझाएर रिहा भएका हुन् ।
रिहा भएसँगै उनले अदालतले आफूलाई न्याय दिएको प्रतिक्रिया दिएका छन् । आफ्रू न्यायका लागि अदालत आएको र अदालतबाट न्याय पाएको बताए ।
त्यसो त यसअघि पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना पक्ररणमा समेत जिल्ला अदालत कास्कीले उनलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । बिहीबार अदालतले आदेश दिएसँगै उनी आइतबार अदालतमा उपस्थित भएका थिए । उनी आफैँ अदालतमा उपस्थित भए पनि जिल्ला अदालतका न्यायाधीश अधिकारीले रवि हिरासत बाहिर रहँदा प्रमाण नष्ट गर्न सक्ने भन्दै प्रहरीको जिम्मा लगाउने आदेश दिएका थिए ।
लामिछानेको चितवन, पर्सा र रुपन्देहीमा समेत सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धानका लागि बयान दिएका थिए । उनीमाथि तीनै जिल्लाका अदालतमा मुद्दा दायर भएसँगै उनीमाथि त्यहाँ समेत मुद्दा फेस गर्नुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया