इजरायल-हमासबीच युद्धविराम सम्झौता, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने

लोकपथ
154
Shares

काठमाडौं । इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको छ । १५ महिनादेखि भइरहेको युद्ध अन्त्य गर्नका लागि भएको सम्झौता आउँदो आइतबारदेखि लागू हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले  जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमासबीच एक सम्झौता भएको पुष्टि गरेका छन्।

गाजामा लडाईलाई अस्थायी रूपमा रोक्ने र हमासद्वारा बन्धक बनाइएका र इजरायलद्वारा हिरासतमा रहेका प्यालेस्टिनी कैदीहरूको चरणवद्ध रिहाइ हुने बताइएको छ ।

हमास र यसका सहयोगी लडाकु समूहहरूले इजरायलसँगको पहिलो चरणको ४२–दिने युद्ध विरामको क्रममा ३३ बन्धकहरूलाई रिहा गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?