विद्युतीय सवारीका लागि देशभर चार्जिङ स्टेसन बढाउनुपर्छ : कुलमान घिसिङ

लोकपथ
42
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रोमोसन गर्नको लागि देशभर चार्जिङ स्टेशन बढाउनुपर्ने बताएका छन्।

बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २५ वर्ष पुगेको अवसरमा आयोजित इप्पान इभी र्‍यालीमा सहभागी हुँदै घिसिङले यस्तो बताएका हुन् । उनले नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग वृद्धि भएको बताए । उनले निजी सवारी साधन मात्रै नभएर अहिले देशभर जाने यात्रुवाहक समेत विद्युतीय सवारी साधनमा परिणत भइरहेको बताए ।

उनले यात्रुवाहक सवारी साधन समेत विद्युतीय वृद्धि हुँदै जानु भनेको ठूलो परिवर्तन भएको बताए । उनले पछिल्लो समय विद्युतीय सवारी साधनमा नेपालभर वृद्धि भएको उल्लेख गरे । उनले मुलुकभित्रै विद्युतको माग बढाउने प्राधिकरणको अभियान रहेको भन्दै इप्पानको इभी र्‍यालीले अभियानलाई ठूलो सहयोग पुगेको बताए ।

उनले पछिल्लो समय ७० प्रतिशत विद्युतीय सवारी साधनको खरिद विक्री भएको बताए ।

त्यस्तै घिसिङले विद्युतीय सवारी साधनको प्रमोशन विद्युतीय सवारी साधन किनेर मात्रै नहुने बताए ।

उनले भने, ‘इलेक्ट्रिकल भेइकलमा ट्रान्सपोटेसन भएको छ । यो ठूलो परिवर्तन हो । पछिल्लो समय विद्युतीय सवारी साधनमा नेपालभर वृद्धि भएको छ । विद्युतको माग बढाउने अभियान हो । अभियानलाई ठूलो सहयोग पुगेको छ । ७० प्रतिशत विद्युतीय सवारी साधनको खरिद बिक्री भएको छ । विद्युतीय सवारी साधनको प्रामोसन विद्युतीय सवारी साधन किनेर मात्रै पनि हुँदैन । देशभर विद्युतीय सवारी साधनको लागि आवश्यक संरचनाहरु बनाउन जरुरी छ । जसमा विद्युतीय चार्जिङ स्टेशनहरु बनाउन जरुरी छ । निजी क्षेत्रले ठूलो सहुलियतसहित प्रोत्साहन गरेका छौं । अहिले ६ सय बढी चार्जिङ स्टेशनहरु निजी क्षेत्रले मात्रै बनाएको छ । अझै देशभर बनाउन आवश्यक छ । अहिले निजी क्षेत्रबाट ५ सय चार्जिङ स्टेशनहरुको लागि आवदेन आएको छ । यसले रोजगारी पनि सिर्जना गरेको छ ।’

सो अवसरमा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालमा उत्पादित विद्युतलाई मुलुकभित्रै खपत गर्न आवश्यक रहेको बताए । उनले विद्युत उत्पादन वृद्धि भइरहेको भन्दै मुलुकभित्रै खपत बढाउन जरुरी रहेको उल्लेख गरे । उनले सबैले विद्युतीय सवारी साधन चढ्ने वातावरण सरकारले बनाउनुपर्नेमा जोड र्दि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?