काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
आज अन्तराष्ट्रिय बजारमा एक औँस सुनको मूल्य दुई हजार छ सय ९५ अमेरिकी डलर निर्धारण भएको छ ।
स्थानीय बजारमा आज सूनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला एक हजार दुइ सयले वृद्धि भइ एक लाख ५६ हजार छ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बुधबार सोही परिमाणको सेतो धातु रु एक लाख ५५ हजार चार सयमा कारोबार भएको थियो
यसैगरी, चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेर एक हजार आठ सय ८० पुगेको छ ।
बुधबार एक तोला चाँदी एक हजार आठ सय ३० मा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया