बालबालिकालाई लक्षित गर्दै महालक्ष्मी विकास बैंकद्धारा ‘रिकरिङ्ग बचत खाता’ सञ्चालन

लोकपथ
21
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंकले बालबालिका लक्षित बचत खाता सञ्चालनमा ल्याएको छ ।

बैंकले बालबालिकालाई भविष्यमा आर्थिक रुपमा सुरक्षित राख्नका लागि सानै उमेरदेखी नै सम्बोधन गर्ने गरी बचतमै मुद्धती सरहको ब्याज पाइने महालक्ष्मी बाल बचत रिकरिङ्ग डिपोजिट एकाउण्ट सञ्चालनमा ल्याएको छ ।

यस खाता अन्तर्गत बचतकर्ताले १ वर्ष देखी १० वर्ष सम्म मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम निरन्तर रुपमा बचत गर्न सक्नेछन् जसबाट १ वर्षको व्यक्तिगत मुद्धती बराबरकै ब्याजको लाभ लिन सक्नेछन् ।

अभिभावकद्धारा सञ्चालन गर्न सकिने यस खातामा अवधी समाप्ती पस्चात एकमुष्ट रकम प्राप्त गर्न सकिनेछ ।

मुद्धती खाता जस्तो धेरै रकम पनि नचाहिने र ५०० रुपैयाँबाट समेत सुरुवात गर्न सकिने बैंकले जनाएको छ । त्यस्तै आकर्षक व्याज दिने र आगामी दिनमा एकमुष्ट प्राप्त हुने रकमबाट आफ्नो बालबालिकाहरुको शिक्षादिक्षा तथा अन्य वित्तीय आवाश्यकताहरुको परिपूर्ति गर्न समेत सहज हुने भएकोले महालक्ष्मी बाल बचत रिकरिङ्ग डिपोजिट खाता ग्राहकहरुको लागि एक उत्तम खाता हुन सक्ने विश्वास लिएको बैंकले जनाएको छ ।

त्यस्तै बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउन मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?