‘ब्रेकअप’ पछि पहिले खिचिएका फोटो र भिडियो बहिनी र आफन्तलाई पठाएपछि…

लोकपथ
280
Shares

काठमाडौं । प्रेम सम्बन्धमा रहँदा खिचिएका खिचिएका अश्लिल तस्बिर र भिडियोहरु पीडितको परिवारलाई पठाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुरको षडानन्द नगरपालिका–५ घर भइ हाल काठमाडौंको बौद्धमा बस्दै आएका ३१ वर्षीय सरोज कटुवाल रहेका छन् ।

कटुवालले पीडित महिलासँग प्रेम सम्बन्धमा रहँदा खिचेका अश्लिल तस्बिर र भिडियोहरु पीडितको बहिनीलाई म्यासेन्जरमा पठाएका थिए । कटुवालले निरन्तर तस्बिर र भिडियो पठाउन थालेपछि पीडित महिलाले आफ्नो सहमती बिना खिचिएका सामग्री पठाएर हैरानी दिएको भन्दै साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् ।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार पुस २९ गते पक्राउ गरी थप दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले जानकारी दिए ।

त्यस्तै सोही प्रकृतीको घटनामा अर्की युवतीको घटनामा समेत आवश्यक अनुसन्धान भइरहेको उनले बताए । सामाजिक सञ्जाल फेसबुकबाट साथी बनी प्रेम सम्बन्धमा भएको समयमा खिचिएका तस्बिरहरु सम्बन्ध बिग्रिएपश्चात आफन्त र साथीभाईलाई पठाइ हैरानी दिएको घटनामा समेत ब्यूरोले अनुसन्धान थालेको छ ।

पीडित युवतीको जाहेरीका आधारमा घटनामा संलग्न रामेछापको खाँडादेवी घर भइ हाल काठमाडौं बस्ने १९ वर्षीय श्रीकृष्ण कार्कीलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ । उनलाई गत पुस २८ गते पक्राउ गरी जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको अवस्थीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?