काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि आक्रमण गर्नेविरुद्ध किटानी जाहेरी दिएका छन् ।
त्रिपाठीले जिल्ला प्रहरी परिसर काठमाडौंमा आफ्नो ज्यान मार्ने उदेश्यले आक्रमण गरिएको भन्दै आक्रमण गर्नेविरुद्ध जाहेरी दिएका हुन् ।
उनीमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । ती व्यक्तिलाई ७ दिन थुनामा राख्न अदालतको अनुमति लिएर प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
बुधबार त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं बाहिर आक्रमण भएको थियो । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा सहकारी पीडितको पक्षबाट उनले बहस गरेका थिए । सोही मुद्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएका कारण उनको विरुद्ध बहस गरेको भन्दै रवि समर्थकले उनीमाथि आक्रमण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया