शरणार्थीको कथामा आधारित चलचित्र ‘ल्हो-छाम्पा’ निर्माण हुने

लोकपथ
35
Shares

काठमाडौं । सन् १९९० को दशकमा भुटानबाट विस्थापित शरणार्थीको कथामा आधारित रहेर चलचित्र ‘ल्हो-छाम्पा’ निर्माण हुने भएको छ । ‘डाइङ क्यान्डल’ र ‘रोमियो एन्ड मुना’ जस्ता चलचित्र निर्देशन गरी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा आफूलाई अब्बल सावित गरिसकेका निर्देशक नरेशकुमार केसीले उक्त चलचित्र निर्देशन गर्ने छन् ।

चलचित्रको पटकथा समीप्याराज तिमिल्सेनाले लेखेका छन् । निर्देशक केसीले भुटानको दक्षिण भेगमा बस्ने नेपालीलाई चिनाउने शब्द ‘ल्हो-छाम्पा’ मा केन्द्रित भएर चलचित्रको विषयवस्तु तयार गरिएको जानकारी दिए ।

उनले भने,’भुटानबाट नेपालीभाषी लखेटिँदाको अवस्था, शरणार्थी शिविरका पीडा र तेस्रो देश पुनर्वासमा जानुअघि शिविरमा देखिएका द्वन्द्वलाई चलचित्रमा प्रस्तुत गर्नेछौँ । यसमा स्मृति र मान्छेको भूगोलसँग जोडिएको पहिचानको कथासँगै आप्रवासनका आयामलाई पनि समेट्का छौँ ।’

चलचित्रलाई नक्षत्र लाइभ म्युजिकमार्फत तेस्रो देश पुनर्वासका क्रममा हाल अमेरिकामा रहेका अर्जुन सुवेदीले निर्माण गर्दै छन् । निर्माता सुवेदीले आफ्नो भोगाइलाई दस्तावेजीकरण गर्ने उद्देश्य साथ चलचित्र निर्माणमा अग्रसर भएको जानकारी दिए ।

चलचित्रको छायाङ्कन आगामी वैशाखदेखि गरिने छ । चलचित्रका गीतमा अर्जुन पोखरेलले संगीत रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?