सर्केगाडका ३३ घरधुरीलाई फाइबर सिरक वितरण

लोकपथ
42
Shares

काठमाडौं । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका-१ देखि ८ वडाका ३३ घरधुरीलाई फाइबर सिरक सहयोग गरिएको छ । श्री सत्य साई केन्द्र हुम्लाले विपन्न परिवारलाई सिरक सहयोग गरिएको नेपाली कांग्रेस जिल्ला पार्टी उपसभापति वसन्त रोकायाले बताए । 

सर्केगाडको वडा नम्बर ८ को राहदेवमा दुई, वडा नम्बर ७ को रोडिकोडमा आगलागी पीडितलाई १९, वडा नम्बर ६ बराईमा दुई, वडा नम्बर ५ गोठीमा तीन, वडा नम्बर २ मा दुई, वडा नम्बर ३ उनापानी दुई, वडा नम्बर ४ मा तीन, वडा नम्बर ८ मा दुई वटा सिरक वितरण गरिएको हो । 

अतिविपन्न, गरिब, आगलागीपीडितलाई सानो भए पनि सहयोग गरिएको उपसभापति रोकायाले बताए । यस्तै सिमकोट गाउँपालिकामा रहेका आगलागीपीडित, विपन्न, गरिबलाई पनि वितरण गरिने भएको रोकायाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?