काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन निर्माण काम रोक्नका लागि नभई काम गर्नका लागि बनाउनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को २५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले सरकारले काम गर्नका लागि अध्यादेश ल्याएको बताए । उनले कतिपयले यसको विरोध गर्न खोजिरहेको भन्दै १५/२० दिनमा संसद्मा पेस भएर दुई महिनाभित्र कानुनको रूप लिइसक्ने बताए ।
उनले दुई महिनासम्म देशका कामहरू रोकेर राख्न नमिल्ने बताए । उनले एउटा देशका लागि दुई महिनाको समय धेरै नै महत्त्वपूर्ण रहेको बताए ।
उनले विकासका काम अघि बढाउने र जनतको सेवा गर्ने व्यवसायमैत्री सकारात्मक कानुनहरूको निर्माण जरुरी रहेको बताए । प्रधानमन्त्री ओलीले नेपाली जनतालाई अब गरिब छोडिरहन नसक्ने बताए ।
उनले आत्मविश्वासका साथ अघि बढे गरिबी निवारण सम्भव रहेको बताए । सम्पूर्ण जनता अधिकार सम्पन्न हुनुपर्ने र अधिकारको निर्वाध उपयोग गर्न पाउनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले अधिकारको उपयोगको नाममा सभ्य समाजलाई पाच्य नहुने कुरा बोल्न नहुने बताए । उनले उर्जाको प्रयोग नबढाई नहुने बताए । नेपालसँग १ लाख २० हजार मेगावाट भन्दा बढी ऊर्जा क्षमताको भरपुर प्रयोग गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया