काठमाडौं । संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न ७ विपक्षी दलहरुले सरकारले संसद् छलेर अध्यादेशमार्फत निरंशुक शासन लाद्न खोजेको आरोप लगाएको छ ।
आज संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा संयुक्त पत्रकार सम्मेलन गरी विपक्षी दलका तर्फबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षीहरुको साझा धारणा प्रस्तुत गरे ।
त्यस्तै विपक्षी दलहरुले सरकार गठन भएको ६ महिना बितिसक्दा पनि सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको आरोप लगाएको छ । त्यस्तै सरकारले महंगी र भ्रष्टाचारलाई बढवा दिएको, अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित राख्न नसकेको समेत आरोप लगाएको छ ।
‘वर्तमान गठबन्धन सरकार गठन भएको ६ महिना बितिसक्दा पनि जनअपेक्षा अनुरुप काम गर्न नसकेको, महंगी र भ्रष्टाचारलाई बढवा दिएको, अन्तराष्ट्रिय सम्बन्ध सन्तुलित राख्न नसकेको र संसद्लाई छलेर अध्यादेश मार्फत जनतामा निरंकुश शासन लाद्न खोजेको छ,’ पत्रकार सम्मेलनमा प्रचण्डले भने ।
आज विपक्षी विभिन्न ७ राजनीतिक दलहरुले संयुक्त बक्तव्य जारी गरी सरकारको कामकारबाहीको बारेमा विरोध जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया