‘बैंकिङको तरलतालाई राष्ट्र बैंकले खिच्ने नीति अर्थतन्त्र गतिशील बनाउने उपयुक्त नीति होइन’ 

लोकपथ
21
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बैंकिङ प्रणालीमा रहेको तरलतालाई राष्ट्र बैंकले खिच्ने नीति अर्थतन्त्र गतिशील बनाउने उपयुक्त नीति नभएको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वगभर्नर क्षेत्रीले यस्तो बताएका हुन् । उनले राष्ट्र बैंकले ब्याजदर कोरिडोरमा ६ प्रतिशत भन्दा माथि अन्तर बैंकदर बनाउन नपाउने व्यवस्था गरेको बताए । 

उनले त्यसलाई सहजीकरण गर्न राष्ट्रले बैंकिङ प्रणालीमा रहेको तरलतालाई राष्ट्र बैंकले खिच्ने र बैंकहरुले ३ प्रतिशत ब्याजमा रकम लिने नीतिले अर्थतन्त्रलाई गतिशील बनाउन नसक्ने बताए ।

उनले बैंकको खराब कर्जा बढ्दै जाँदा पछिल्लो समय उद्योगी व्यवसायीहरूले कर्जा पाउन नसकेको बताए । 

उनले कोभिडको समयमा १ प्रतिशत रहेको खराब कर्जा अहिले ६ प्रतिशत जस्तो पुगेको बताए । उनले वास्तविक तथ्याङ्क हेर्ने र केलाउने हो भने बैंकहरुको खराब कर्जा १२ देखि १४ प्रतिशत पुगेको दाबी गरे । उनले कर्जा लिएर व्यवसाय गर्दा पनि घरजग्गा बाहेक परियोजना धितोमा बैंकहरुले कर्जा दिन नसकेको बताए । 

उनले बैंकहरुले ठूला आयोजना भन्दा पनि साना तथा लघु घरेलु उद्योगमा लगानी गर्न आवश्यक रहेको बताए । उनले राष्ट्र बैंकले पनि बैंकहरुलाई त्यही अनुसारको नीति र निर्देशन गराउन आवश्यक रहेको बताए । उनले यस्ता उद्योगहरू स्थापनामा लगानी गरे रोजगारीको सिर्जना हुने वातावरण बन्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?