आकर्षक रोजगारीको प्रलोभनमा नपर्न नेपाली दूतावास बैंककको आग्रह

लोकपथ
49
Shares

काठमाडौं । नेपाली दूतावास बैंककले आकर्षक रोजगारीको प्रलोभनमा परी कम्वोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा नआउन आग्रह गरेको छ । दूतावासले ती देशमा आकर्षक रोजगारीको नाममा नेपाली नागरिकले दुःख पाएको र बन्धकसमेत बन्नुपरेको भन्दै एक सूचनामार्फत उक्त आग्रह गरेको हो ।

दूतावासले म्यानमारको गोल्डन ट्रयाङ्गलमा लगी गैरकानुनी काम गर्न बाध्य पारिएका र सो स्थानबाट भागेर थाइल्याण्ड छिरेका एक नेपाली नागरिकलाई थाइ सरकारी निकायको सहयोगमा शुक्रबार नेपाल फर्काइएको जनाएको छ ।

सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी कानुन विपरीत छिटो धेरै पैसा कमाउने हेतुले कम्वोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत कुनै पनि मुलुकमा वैदेशिक रोजगारीमा नआउन राजदूतावासले सबैमा अनुरोध गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?