यू-१९ महिला विश्वकप : बंगलादेशविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

लोकपथ
119
Shares

काठमाडौं । मलेसियामा आजदेखि सुरु भएको आइसीसी यु–१९ महिला विश्वकप क्रिकेटमा नेपालले बंगलादेशविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

मलेसियाको बांगीमा नेपालविरुद्ध बंगलादेशले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

विश्वकपमा पहिलो पटक सहभागिताको मौका पाएको नेपालले आज बङ्गलादेशलाई पराजित गर्दै प्रतियोगिताको सुखद् सुरुआत गर्ने लक्ष्यमा छ ।

नेपाली युवा टोलीमा कप्तान पूजा महतासँगै सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृसना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?