काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले ट्राफिक प्रहरीको उद्देश्य सवारी साधन चालकलाई कारबाही गर्ने नभएको बताएका छन् ।
बिहीबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयद्वारा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख घिमिरेले यस्तो बताएका हुन् । उनले ट्राफिक प्रहरीले सवारी चालकहरूलाई जिम्मेवार बनाउनको लागि मात्रै कारबाही गर्नुपरेको धारणा राखे ।
उनले पछिल्लो समय समयक्रमअनुसार सवारी साधनलाई गरिने कारबाही फरक भएको बताए । उनले ट्राफिक प्रहरीले विगतमा धेरै सवारी साधनलाई कारबाही गर्दा राम्रो काम गरेको देखाउनको लागि भएपनि गर्ने गरिने भएपनि अहिले कमी भएको बताए । उनले ट्राफिक सचेतना तथा सडक सुरक्षा शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
उनले ट्राफिक प्रहरीले प्रविधिलाई जोड दिएर अहिले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयमा बसेर सवारी साधनलाई कारबाही गरिरहेको उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया