अमेरिका र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

लोकपथ
252
Shares

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१९ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ५५ वर्षीया चन्द्रकला रदाखु राई र महोत्तरी सोनाम गाउँपालिका-२ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ५४ वर्षीया सरिता कुमारी यादव रहेका छन् । 

पक्राउमध्ये चन्द्रकलाले अमेरिका पठाइदिन्छु भन्दै ७ पीडितहरूबाट ४२ लाख रुपैयाँ र सरिताले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ३० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रकलालाई काठमाडौं बौद्धबाट बिहीबार र सरितालाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट शुक्रबार पक्राउ गरेको हो । 

चन्द्रकलालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने सरितालाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?