काठमाडाैं । नेपाल भ्रमण वर्ष २०२५ को शुभारम्भ भएको छ । भक्तपुर नगरपालिका र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ भएको हो ।
भ्रमण वर्ष २०२५ को शुभारम्भ नेपालको तर्फबाट ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ले संयुक्त रूपमा गरे । सो अवसरमा भक्तपुरमा सांस्कृतिक कार्यक्रम तथा –याली आयोजना गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया