काठमाडौं । नेपाली सेनाको अधिकृत हुँ भनी झुक्याई ठगी गरेको अभियोगमा रामेछाप मन्थली नगरपालिका–३ ठेगाना भई भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ बस्ने ३० वर्षीय राजु कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
कार्कीले नेपाली सेनाको अधिकृत हुँ भन्दै पीडितसँग भएको सुनका गरगहना धितो राखी रकम दिन र आफूसँग भएको जग्गा जमिन पीडितको नाममा पास गरिदिन्छु भनी झुट्ठा विश्वास दिलाई ३ लाख रुपैयाँ लिई फरार भएको घटनामा संलग्न कार्कीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेल पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया