कोलकाता । कोलकाताको आरजी कार अस्पतालमा एक प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्या प्रकरणमा सियालदह अदालतले शनिबार मुख्य आरोपी सञ्जय रोयलाई दोषी ठहर गरेको छ। सजायको घोषणा सोमबार हुनेछ। अदालतले १६२ दिनपछि यो फैसला सुनाएको हो ।
सीबीआईले आरोपी सञ्जयलाई मृत्युदण्ड दिन माग गरेको छ । यसै क्रममा सञ्जयकी दिदीले ट्रायल कोर्टको यो निर्णयलाई कुनै पनि अदालतमा चुनौती दिने योजना नभएको बताइन् ।
गत अगस्त ८–९ तारिखको राति आरजी कार अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भएको थियो । अगस्त ९ गते बिहान सेमिनार हलमा डाक्टरको शव भेटिएको थियो ।
सीसीटीभी फुटेजको आधारमा प्रहरीले सञ्जय रोय नामका सिभिक स्वयंसेवकलाई अगस्त १० तारिख पक्राउ गरेको थियो । यो घटनापछि कोलकातासहित देशभर प्रदर्शन भएको थियो । बंगालमा २ महिनाभन्दा बढी समयदेखि स्वास्थ्य सेवा ठप्प थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया