यी हुन् २०८१ सालका लागि जवानदेखि डीएसपीसम्मका सात उत्कृष्ट सशस्त्र कर्मचारी

माघ ९ गते हुने २४ औँ सशस्त्र प्रहरी दिवसमा पुरस्कृत गरिने

लोकपथ
2k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले २०८१ सालका लागि सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) देखि जवानसम्मको उत्कृष्ट कर्मचारी छनौट गरेको छ ।

लोकपथलाई प्राप्त सूचीअनुसार उत्कृष्टको सूचीमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुर, धनुषाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजाल र नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, काठमाडौंमा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक आनन्द खनाल, नम्बर १३ गण पर्साका सशस्त्र प्रहरी सहायक निरीक्षक विनोदप्रसाद रिजाल, नम्बर ६ महेश्वरी बाहिनी मुख्यालत सुर्खेतमा कार्यरत सशस्त्र प्रहरी सहायक हबल्दार किरणबहादुर भण्डारी, विपद व्यवस्थापन बेस खुर्कोट, सिन्धुलीमा कार्यरत सहायक हबल्दार तिलक लामा, नम्बर ३८ रिजर्भ गण हेड क्वाटर लखनपुर झापामा कार्यरत सहायक हबल्दार आइतबराज याक्सो र नम्बर २३ गण हेड क्वाटर मनकामना, तनहुँमा कार्यरत जवान ओमन गुरुङ रहेका छन् ।  

उनीहरू सातै जनालाई माघ ९ मा आयोजना हुने २४औँ सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललले पुरस्कार तथा प्रशंसा पत्र प्रदान गर्ने कार्यक्रम छ । उनीहरू सबैलाई भोलि माघ ६ गते बिहान १० बजेभित्र प्रतिवेदन गर्ने गरी खटाइ पठाउन सशस्त्र मुख्यालयले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?