यी हुन् सशस्त्रको गुल्मदेखि बाहिनीसम्मका सर्वाेत्कृष्ट कार्यालय, ठाडामगर सर्वाेत्कृष्ट बाहिनीपति

लोकपथ
21
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुर यो वर्षको उत्कृष्ट बाहिनी कार्यालय हुन सफल भएको छ ।

यसैगरी तामिल शिक्षालयमा विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, गणमा नम्बर २१ गण हेडक्वाटर दक्षिणकाली, ललितपुर, गुल्ममा नम्बर ३० गुल्म हेडक्वाटर स्याङ्जा र नेपाल मद्धती तथा सेवा गुल्म मकवानपुर सर्वाेत्कृष्ट बन्न सफल भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय निरीक्षण एवं उत्कृष्ट इकाईहरुको छनौट तथा इकाईहरुको योग्यताक्रम निर्धारणसम्बन्धी स्थायी आदेश २०८० बमोजिम सशस्त्र प्रहरी बल प्रधान नेपाल प्रधान कार्यालयबाट भएको निरीक्षणमा यी कार्यालयहरु सर्वाेत्कृष्ट ठहरिएका हुन् ।

आठ ओटा बाहिनीमध्येबाट सर्वाेत्कृष्ट बन्न सफल बाहिनीका बाहिनीपतिमा डीआईजी गणेश ठाडामगर रहेका छन् । उनको केही दिनअघि मात्र डीआईजीको एक वर्ष म्याद थप गरिएको हो । सर्वाेत्कृष्ट बन्न सफल भएपनि उनलाई विवादास्पद डीआईजीका रुपमा चिन्ने गरिन्छ ।

सर्वाेत्कृष्ट बाहिनीपति हुन सफल ठाडामगरलाई ९ माघमा आयोजना हुने २४ औं सशस्त्र प्रहरी दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो सम्मान प्रदान गर्ने छन् ।

यसैगरी, सर्वाेत्कृष्ट तालिम शिक्षालय बन्न सफल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको प्रमुखमा एसएसपी माधवप्रसाद पौडेल रहेका छन् ।

यस्तै सर्वाेत्कृष्ट बन्न सफल नम्बर २१ गणको गणपतिमा एसपी सुरेन्द्रराज रञ्जित, गुल्मपतिहरुमा नम्बर ३० गुल्म हेडक्वाटर स्याङ्जाका डीएसपी लीला भुजेल र नेपाल मद्धती तथा सेवा गुल्म मकवानपुरका डीएसपी उत्तम बज्राचार्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?