इजरायल-हमास युद्धविराम सम्झौता हुनुअघि नै नेतन्याहुले दिए यस्तो चेतावनी 

लोकपथ
182
Shares
फाइल तस्बिर

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले दोस्रो चरणको युद्धविराम विफल भए हमासविरुद्ध फेरि युद्ध गर्न आफुहरु तयार रहेको बताएका छन् । आइतबार सम्झौता लागू गर्ने समय आउनुभन्दा केही घण्टा पहिले एक टेलिभिजन सम्बोधनमा नेतन्याहूले भने, ‘युद्धविराम अस्थायी हो ।’

उनले इजरायलले गाजामा फेरि आक्रमण सुरु गर्ने अधिकार सुरक्षित रहेको र यसको लागि अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पकोसमेत समर्थन रहेको बताए । 

नेतन्याहूले आफूहरूले मध्यपूर्वको अनुहार बदलेको र अब हमास पूर्णरुपमा एक्लो भएको अभिव्यक्ति समेत दिएका छन् । युद्धविराम स्थानीय समय अनुसार बिहान ८ः३० बजे लागू हुने भनिएको छ । 

शनिबारको सम्बोधनअघि नेतन्याहूले ‘इजरायल तबसम्म सम्झौता लागू गर्ने छैन, जबसम्म हमासले रिहा गर्ने बन्धकहरुको पूर्ण सूची प्राप्त हुँदैन’ भनेका थिए । इजरायल सम्झौता उल्लंघन नसहने उनको भनाइ छ । 

इजरायली सञ्चारमाध्यमले हमासले रिहा गर्ने ३३ बन्धकहरुको सूची सार्वजनिक गरे पनि अधिकारीहरुले त्यसको आधिकारिक पुष्टि गरेका छैनन् । आइतबार रिहा हुने तीन बन्धकको नाम अझै प्राप्त नभएको आरोप अधिकारीहरुले लगाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?