काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । लगातार उकालो लागेको अमरिकी डलर आज भने स्थिर रहेको छ । यस्तै आज युरोपियन युरोको मूल्य पनि स्थिर रहेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य एक सय ३८ रुपैयाँ २८ पैसा खरिददर र एक सय ३८ रुपैयाँ ८८ पैसा बिक्रीदर रहेको छ । युरोको एक सय ४२ रुपैयाँ ५३ पैसा खरिददर र एक सय ४३ रुपैयाँ १५ पैसा बिक्रीदर मूल्य कायम गरिएको छ ।
यस्तै, यूके पाउन्ड स्ट्रलिङको खरिददर एक सय ६८ रुपैयाँ ९२ पैसा तथा बिक्रीदर एक सय ६९ रुपैयाँ ६६ पैसा रहेको छ । स्वीस फ्रयांकको खरिददर १५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३५ पैसा रहेको छ ।
आजका लागि अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ८६ रुपैयाँ १२ पैसा, क्यानेडियन डलरको खरिददर ९५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३८ पैसा रहेको छ ।
जापानी येनको खरिददर १० को १८ रुपैयाँ ८ पैसा र खरिददर ८ रुपैयाँ ९२ पैसा, चाइनिज युआन १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, साउदी अरब रियालको खरिद मूल्य ३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रुपैयाँ एक पैसा, कतारी रियालको खरिददर ३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९९ पैसा रहेको छ ।
यसै गरी थाइ भाटको खरिददर ४ रुपैयाँ एक पैसा र बिक्रीदर ४ रुपैयाँ तीन पैसा रहेको छ भने यूएई दिरामको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा कायम भएको छ । मलेसियन रिंगेटको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा रहेको छ ।
साउद कोरियन ओनको खरिददर सयको ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा रहेको छ । स्वीडिस क्रोनेरको खरिददर १२ रुपैयाँ ४० पैसा र बिक्रीदर १२ रुपैयाँ ४५ पैसा, डेनिस क्रोनेरको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, हङकङ डलरको खरिददर १७ रुपैयाँ ७६ पैसा तथा बिक्रीदर १७ रुपैयाँ ८३ पैसा रहेको छ ।
यस्तै, आजका लागि केवेती दिनारको खरिददर चार सय ४८ रुपैयाँ १९ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ १३ पैसा, बहराइन दिनारको खरिददर तीन सय ६६ रुपैयाँ ८४ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ४४ पैसा, ओमानी रियालको खरिददर तीन सय ५९ रुपैयाँ १९ पैसा तथा बिक्रीदर तीन सय ६० रुपैयाँ ७५ पैसा कायम गरिएको छ ।
भारतीय रुपैयाँ सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया