एमाले धनगढीद्वारा भीम रावलनिकट पूर्व मन्त्री एवं जिल्ला कमिटी सदस्यलाई पार्टीबाट निष्कासन गर्न सिफारिस

लोकपथ
287
Shares

काठमाडौं । एमालेबाट निष्कासन गरिएका डा.भीमबहादुर रावलको गतिविधिमा संलग्न भएको पाइएको भन्दै सो पार्टीले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदीसहित दुई जनालाई पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ ।

शनिबार बसेको एमालेको जिल्ला सचिवालय बैठकले पूर्वमन्त्री सुवेदी र जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीलाई पार्टीको संगठित सदस्य समेत नरहनेगरी निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

एमाले कैलालीका उपसचिव तथा प्रचार विभाग प्रमुख चुडामणि भट्टले पूर्वमन्त्री सुवेदी र जिल्ला कमिटीका सदस्य भिष्मराज सुवेदीलाई जिम्मेवारी मुुक्त गर्दै संगठित सदस्यबाट हटाउन केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिए ।

एमाले कैलालीले पार्टीको संगठित सदस्यबाटै हटाउन सिफारिस गरेका दुवै जना नातामा बाबुछोरा हुन् । रावल कारबाहीमा परेपछि उनले चलाएको मातृभूमि जागरण अभियानमा दुवै जना सक्रिय भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?