काठमाडाैं । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला आठ सय र चाँदी प्रतितोला ३० घटेको हो ।
गत शुक्रबार प्रतितोला एक लाख ५७ हजार नौ सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ५७ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला एक हजार आठ सय ६० मा कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ९० मा खरिद बिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस अमेरिकी डलर १६ दशमलव २५ ले घटेर दुई हजार सात सय तीन दशमलव दुई कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया