जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

लोकपथ
231
Shares

झापा । जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ पाथीभरा याङवरक गाउँपालिका–६ थुम्वेदिन बस्ने ५२ वर्षीय कुमार राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो  । 

कुमारले ती किशोरीलाई हल्दिबारी गाउँपालिका–४ स्थित मेची पोल्ट्री फर्मको कोठाभित्र जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी हल्दिबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?