सरकारी जग्गा अतिक्रमण गरी बनाइएको भवनहरुमा चल्यो डोजर

लोकपथ
217
Shares

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं महानगरपालिका ७ स्थित धोबिखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएको भवनहरू भत्काउन सुरु गरेको छ ।

आइतबार प्राधिकरणको टोलीले काठमाडौंको चाबहिलस्थित मालपोत कार्यालय नजिक रहेका भवनहरू भत्काउन सुरु गरेको हो । भवन बनाउँदा सरकारी जग्गा मिचेर बनाएकाले भवन भत्काउनु परेको प्राधिकरणको भनाइ छ ।

सो क्रममा स्थानीयहरूले केही बेर अवरोध समेत गरेका थिए । मापदण्ड विपरीतको संरचना, सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कार्यअनुसार आजबाट काम थालिएको उपत्यका विकास प्राधिकरणले बताएको छ ।

धोविखोला र बागमती नदी किनारमा करिब ५ सय रोपनी जग्गा सार्वजनिक जग्गा अतिक्रमण भएको बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?