‘राहदानी, सवारी लाइसेन्स लगायतका सेवालाई प्रभावकारी बनाउन ई-गभर्नेन्स कमिसनले काम गर्दैछ’  

लोकपथ
56
Shares

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले राहदानी, सवारी लाइसेन्स, वैदेशिक रोजगार अनुमति पत्रको सहज वितरणका लागि ई-गभर्नेन्स कमिसन गठन गरिएको बताएका छन्  । 

आइतबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन संयुक्त समितिमा बोल्दै उनले यस्तो बताएका हुन् । 

मुख्यसचिव संयोजक रहने गरी गठन गरिएको कमिसनले सेवा प्रवाहलाई प्रभावकारी बनाउने गरी काम गरिरहेको बताए । उनले नागरिकता विधेयक संसद्मा दर्ता भएको जानकारी गराउँदै विधेयक पास भइसकेपछि नागरिकले सहज रूपमा नागरिकता पाउनसक्ने बताए । 

उनले आमाको नामबाट नागरिकता, बाबुको पहिचान नखुलेका नागरिक तथा एनआएनको मागलाई विधेयकले सम्बोधन गर्ने दाबी गरे ।  उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्दै न्याय, समानता र समृद्धि हासिल गर्ने गरी नीति कार्यक्रमहरू बनिरहेको दाबी गरे । उनले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट बिजुली उत्पादन गर्ने सरकारको  ऊर्जा विकास मार्गचित्रको प्रशंसा गरे ।  आर्थिक तथा सामाजिक विकासका लागि सरकारले ऐन तथा कानुनहरूलाई समसामयिक बनाइरहेको उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?