यू-१९ महिला विश्वकपको दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग भिड्दै

लोकपथ
63
Shares

काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा सोमबार नेपालले दोस्रो खेल स्कटल्याण्डसँग खेल्दै छ ।

मलेसियामा जारी प्रतियोगिता दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ । 

पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले नेपाल पराजित भएको थियो ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन्।

विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलंका र वेस्ट इण्डिज छन् भने समूह ‘बी’ मा इंग्ल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन्। समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?