काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज शपथ ग्रहण गर्दैछन् । वासिङ्टन डिसीमा कडा चिसोको कारण सोमबार क्यापिटल रोटुण्डाको बन्द ठाउँमा उनले शपथ ग्रहण गर्ने भएका हुन्।
सन् १९८५ पछि पहिलो पटक अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण समारोह घरभित्रै हुन लागेको हो । वासिङ्टनको तापक्रम सोमबार (जनवरी २०) मा माइनस १० डिग्री सेल्सियस पुग्ने अनुमान गरिएकाले शपथ बन्द कोठामा लिन लागिएको हो ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले डोनाल्ड ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सलाई शपथ गराउनेछन्।
साथै, १५० वर्षमा पहिलो पटक अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण समारोहमा विदेशी नेता सहभागी हुने भएका छन् ।
शपथपछि ट्रम्पको भाषण हुनेछ । ट्रम्पले आफ्नो अन्तिम कार्यकालको शपथ ग्रहणका क्रममा १७ मिनेट बोलेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया