धरानलाई पानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आए हर्क साम्पाङ

लोकपथ
56
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सरकारले आफ्नो जिल्लालाई बेवास्ता गरेको भन्दै रित्ता गाग्री बोकेर काठमाडौं आएका छन् ।

मेयर साम्पाङ लामो समयदेखि धरानमा खानेपानी समस्या समाधानलाई मुख्य चासो दिँदै श्रमदानबाट खानेपानी खुवाउने काममा लागिरहेका छन् । तर केन्द्र सरकारले खानेपानीको हाहाकार हुँदा पनि कुनै चासो नदेखाएको भन्दै त्यसबारे ध्यानाकर्षण गराउन काठमाडौं आएका हुन् ।

केहीबेरअघि काठमाडौं आइपुगेका साम्पाङले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीदेखि खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?