पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

लोकपथ
70
Shares
फाइल तस्बिर

काठमाडौं । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत दिउँसो साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा महान्यायाधिवक्ताको कार्यालयको काम कारबाहीको सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा उपसमितिहरुले समितिमा छलफल गर्ने भनी औँल्याएका विषय, समितिमा प्राप्त उजुरी माथि छलफल हुनेछ । 

त्यस्तै दिउँसो ३ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्ययोजना कार्यान्वयन अवस्थाको सम्बन्धमा छलफल हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?