काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई रित्तो गाग्रीसहित सिंहदरबार छिर्न खोज्दा प्रहरीले रोकेको छ ।
धरानमा खानेपानीको समस्या रहेको भन्दै साम्पाङले रित्तो गाग्रीसहित प्रधानमन्त्रीदेखि मन्त्रीहरुलाई भेट्न खोजेका थिए ।
साम्पाङ रित्तो गाग्रीसहित सिंहदरबार छिर्न खोजेपछि त्यहाँको सरक्षा व्यवस्थामा कडाई गरिएको थियो ।
साम्पाङ रित्तो गाग्रीसहित सिंहदरबार पुगेपछि प्रहरीले उनलाई रोकेको हो । सिंहदरबार परिसरमा पुगेका साम्पाङको हातबाट रित्तो गाग्री प्रहरीले खोसेको हो । सिंहदरबार परिसरमा विरोध प्रदर्शनहरु गर्न नहुने भन्दै प्रहरीले उनलाई रोकेको हो । साथै पछि गाग्री फिर्ता दिने प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया