सानिमा रिलायन्सका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी

लोकपथ
70
Shares

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी भएका छन् । कम्पनीको विभिन्न पदमा कार्यरत कर्मचारीहरू भारतीय बीमा संस्थानमा हुने प्रशिक्षणमा सहभागी भएका हुन् ।

उक्त प्रशिक्षण भारतको मुम्बईस्थित भारतीय बीमा संस्थानमा माघ ७ गते देखि ९ गतेसम्म सञ्चालन हुनेछ ।

भारतीय बीमा संस्थान बीमा शिक्षा र तालिममा समर्पित भारतको एक प्रमुख राष्ट्रिय संस्था हो । यस संस्थानले व्यावसायिक प्रमाणपत्रहरू प्रदान गर्ने र विभिन्न परीक्षाहरू सञ्चालन गर्दछ । 

यसले भारत र भारत बाहिरका बीमा क्षेत्रमा आबद्ध व्यक्तिहरूको सीप र ज्ञान बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । 

यस ३ दिने कार्यक्रममा बीमामा आबद्ध कर्मचारीहरूको लागि अपरिहार्य व्यवहारिक ज्ञान तथा सीप वृद्धि विकास गर्ने खालका  प्रशिक्षण सामग्रीहरू समावेश गरिएका छन् । 

जसअन्तर्गत बजार प्रवर्द्धन तथा बिक्री, वितरण माध्यम व्यवस्थापन, सञ्चार कौशलता, व्यवहारिक अन्तरक्रिया र परामर्शका विषयहरू रहेका छन् । 

सहभागीहरू प्रस्थान गर्नु अगाडी  बिदाइ कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले प्रशिक्षणका लागि  छनौट हुन सफल कर्मचारीहरूलाई बधाई दिए । 

उक्त प्रकारका अन्तर्राष्ट्रिय तालिमले कर्मचारीहरूको वृद्धि विकासमा उल्लेखनीय योगदान पुर्‍याउने हुँदा कार्यक्रममा सिकाइएका ज्ञानलाई उचित ढङ्गले ग्रहण गर्दै यसलाई व्यक्तिगत र कम्पनीको व्यवसाय विकासमा उपयोग गर्नुपर्ने बताए । साथै, आफूले सिकेका ज्ञानवर्धक कुराहरू अन्य कर्मचारीहरूसँग साटासाट गर्न निर्देशन दिए । 

प्रशिक्षणमा सहभागी हुन कम्पनीका शाखा प्रबन्धक, एरिया म्यानेजर, क्षेत्रीय प्रबन्धक, र प्रदेश प्रमुखहरू सहभागी भएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?