कुमारी बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभीएफबीच सम्झौता

लोकपथ
35
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेड र नक्साल, काठमाडौं  स्थित वात्सल्य नेचुरल आईभीएफ प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई वात्सल्य नेचुरल आईभीएफको देशभरि रहेका शाखाहरूबाट विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई वात्सल्य आईभीएफ प्याकेजमा १०,००० को छुट प्रदान गरिनेछ साथै उपचारको क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणहरूमा १०% र औषधि खरिदमा ५% सम्म छुट प्रदान गर्ने बैङ्कले जनाएको  छ । 

वात्सल्य नेचुरलले बाँझोपन परीक्षण, बाँझोपन उपचार, प्रजनन क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षण लगायतका सेवाहरू प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?