काठमाडौं । आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ ।
सुनसरीको ईटहरी उपमहानगरपालिका–१७ बस्ने ४२ वर्षीय महमद मुक्तर आलमको घरमा आगो लाग्दा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
उनको घरमा चार्जमा राखेको प्रदेश ०१–०२–००३ ह ८७०७ नम्बरको सिटी सफारीमा विद्युत् सर्ट भई मंगलबार बिहान आगलागी हुँदा सफारीको ब्याट्री २ थान, चार्जर कन्ट्रोलर र अगाडिको भाग पूर्णरूपमा जलेर नष्ट भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया